२०८१ असार ३ गते आइतवार

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु


काठमाडौं,चैत २८ । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन हुने जिल्लाभर बुधबारदेखि आचारसंहिता लागु भएको छ।

उपनिर्वाचन इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुनेमा हुने भएपछि जिल्लाभर नै आचारसंहिता लागु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागु गरिएको हो।

निर्वाचनअन्तर्गतको मतदान कार्य वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ। सोही अवधिसम्मका लागि आचारसंहिता लागु भएको हो।

गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यी दुई क्षेत्रबाट निर्वाचित सांसदको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

इलाम- २ बाट नेकपा एमालेका नेता तथा पूर्वसभामुख स्व.सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ क्षेत्र नम्बर १ (१) बाट नेपाली कांग्रेसका नेता स्व.पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए।

बुवा निर्वाचित क्षेत्रबाट चुनाव लड्नको लागि नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङका छोर सुहाङ चुनावी मैदानमा उत्रिएका छन्।

इलाम- २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *