दाङ ,चैत २७ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव माननीय डा. शेखर कोइराला दाङ आउने भएका छन ।
नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमा सहभागी हुनकालागी नेता कोइराला दाङ आउन लागेका हुन ।
यही मिति २०८० चैत २९ गते हुने सम्मेलनलाई सम्बोधन गर्नकालागी नेता कोइराला दाङ आउन लागेको नेपाली कांग्रेस कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए ।
साथै उहाँले चैत २९ गते शनिवार घोराहीमा हुने सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, कृयाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गरे ।
नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमाको अवसरमा चैत्र २८ गते अर्थात् भोलि पार्टी कार्यालयमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरे ।