दाङ, चैत १९ । दाङकी एक महिलना ६ किलो चरेशसहित बर्दियामा पक्राउ परेकी छन् ।
सोमबार बढैयाताल गाँउपालिका वडा नं. २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन ।
नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेश बरामद भएको जानकारी दिएको छ ।
चौधरीको साथबाट १२ पोका ५ केजी ९२५ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखाले जानकारी दिएको छ । उनको साथबाट भाङको डल्ला २८ पिस समेत बरामद भएको थियो ।
प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार