२०८२ असार ६ गते शनिवार

बिहे गरेको ५ महिनामै श्रीमतीको हत्या गर्ने युवक पक्राउ

दाङ, चैत १३ । बिहे गरेको पाँच महिनामै श्रीमतीको हत्या गर्ने युवक पक्राउ परेका छन् ।


बाँकेको कोहलपुर नगरपालिका –१४ पावर्बतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल बिकले सोमबार राति श्रीमती २१ वर्षीया सुशिला सुनारलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।


प्रहरी अधिकारीका अनुसार बर्दिया जिल्लाको बाँसगढी नगरपालिका – ४ मदा घर भएका अनिलले सुशिलालाई झन्डै पाँच महिला पहिले मात्रै बिहे गरेका थिए ।


बिवाह पछि उनीहरु कोहलपुर – १४ स्थित पार्वतीपुरको बागेश्वरी हिम पाइप उद्योगमा बसेर काम गर्दै आएका थिए । उद्योग भित्रैको क्वाटरमै अनिलले सामान्ने भनाभनकै क्रममा आवेगमा आइ सुशिलाको ढाडमा राति साढे ९ बजेतिर चक्कु प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।

त्यस पछि घाइते श्रीमती सुशिलालाई अनिलले नै मध्यराति पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएका थिए । तर, त्यहाँ पु¥याए लगतै चकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले राति १ बजेतिर अस्पतालले खबर गरेपछि हत्या आरोपित अनिललाई पक्राउ गरिएको जानकारी दिए । निकै ढिला गरि घाइतेलाई अस्प्ताल पु¥याउँदा अत्यधिक रक्तश्राबको कारण मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् ।

अनिल र सुशिलाका बीचमा चार सय रुपैंयाका लागि सामान्ने बिबादकै क्रममा आवेगमा आइ अनिलले धारिलो चक्कुले श्रीमती सुशिलाको ढाडमा प्रहार गरेको बयान प्रहरी समक्ष दिएका छन् ।


सुशिला जान नमानेपछि होलीको बिदामा अनिल एक्लै बर्दियास्थित घर पुगेर फर्किएका थिए ।


सुशिलाले आफ्नो चार सय रुपैंया लगेर किन, घरमा आफन्त भेट्न गएको भन्दै बिबाद झिकेको र बिहान दिउँला भन्दापनि नमानेको हुँदा आबेगमा आइ चक्कु प्रहार गरेको कुरा अनिलले प्रहरी समक्ष बयान गरेका छन् ।
प्रहरी निरीक्षक भट्टराइले घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *