२०८१ असार ७ गते बिहिवार

अछाममा ट्याक्टर दुर्घटना – ५ जनाको घटनास्थलमै मृत्यु


दाङ, चैत १२ । अछाममा सोमबार बिहान भएको ट्याक्टर दुर्घटनामा परि पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन् ।


मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, २१ वर्षीय जनक धामी र १५ वर्षीय जनक धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

मृतक सबै मजदुर हुन । उनीहरु साँफे बगरमा मजदुरीका लागि जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
त्यो दुर्घटना परि स्थानीय ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते छन । उनीहरु तीनै जनाको बयलपाटा अस्पताल उपचार जारी छ ।

सोमवार बिहान मेल्लेख – ७ सुयडी नजिकै अनियन्त्रित भइ ट्रयाक्टर झन्डै ५० मिटर तल खसेको थियो ।
सोमबार बिहान पौने १० बजेतिर मेल्लेख गाउँपालिका – ७ बाट साँफेबगरतर्फ जाँदै गरेको सु –प्र –०१००२ च ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।


उक्त ट्रयाक्टर सडकबाट झन्डै ५० मिटर तल खसेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *