दाङ, चैत ७ । बाँके प्रहरीले दुर्लभ पाटे बाघको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका – २ पाक्माका २८ बर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरीले बुधबार नेपालगंजमा फक्राउ गरेको हो ।
गोप्य सुराकीको आधारमा नेपालगंज उपमहानगरपालिका – २ पुष्प लाल चोकस्थित रोयल महाबुव होटेलको कोठा नम्बर १०१ बाट बुधबार दिउँसो प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो ।
गोप्य सूचनाका आधारमा होटेलमा कोठा भाडामा बस्दै आएका ब्यक्ति पक्राउ परेको बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
बरामद पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको थियो ।
पक्राउ परेका ब्यक्ति उपर थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार