काठमाडौं, चैत ५ । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सोमबार पूर्व सभामुखसमेत रहेका महरालाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई नौं किलो सुन तस्करी गरेको अभियोगमा सोमबार बिहान रुपन्देहीबाट पक्राउ गरेको थियो।
उनीमाथि संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ।
सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न बनाइएको जाँचबुझ आयोगले उनका बिरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार