२०८१ असार ९ गते शनिवार

स्थानीय उत्पादनको प्रर्वद्धनमा ध्यानदिनुपर्नेमा जोड

प्रमोद आचार्य,दंगीशरण,चैत २ । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनाम स्थानीय स्रोतहरुको सदुपयोग गरी स्थानीय उद्यमहरुको समर्थन, प्रबर्द्धन र लगानी गर्नका लागी सरोकारवालासँगको छलफल तथा अन्तक्रिया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले स्थानीय उत्पादनको उपयोग प्रयोग र बजारीकरण अहिलेको प्रमुख चुनौती रहेको बताएका थिए ।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता एवं ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आथित्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले तालिममा सहभागीको छनोट प्रक्रियालाइ उस्को रुचि,चहाना,तथा उसको पेसाको आधारमा पहिचान गरेर मात्र सहभागी बनाउनुपर्ने बताए ।

पछिल्लो समय सस्तो दरमा ऋण लगेर अन्यत्र ब्याज लगाउने बिचौलियाका कारण बास्तविक किसानहरु मारमा परेको प्रति दुख ब्यक्त गरेका थिए ।

अध्यक्ष गिरीले स्थानीय कच्चापदार्थबाट निर्मित स्थानीय उत्पादनको बजारीकरणतर्फ पनि आफुहरु गम्भीर रहेको बताए । चुरेमा पाइने प्रसस्त पाइने थाकलबाट निकै आकर्षक बस्तुहरु उत्पादन गर्न संभावना रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कुनै पनि बस्तु बेच्न सक्ने किसान मात्र धनि बन्न सक्ने भएकाले बस्तु खरीद गर्ने मात्र नभइ आफैले उत्पादन गरी बेच्न सक्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले कुनै पनि उद्यम शुरु गर्न आफु भित्रैवाट उत्सुक र लगाव हुन जरुरी रहेको बताए ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश हाम्रो बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष चक्रमिलन शर्माले गरेका थिए भने कार्यक्रमको सहजीकरण रेणुका विकले गरेकी थिइन।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *