काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन ।
लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले शुक्रबारको संसदमा विरोध जनाएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद पौडेललाई बोल्ने समय उपलब्ध गराएका थिए ।
काँग्रेस नेता पौडेलले सहकारी ठगी सम्बन्धि प्रश्नले घेरिएका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनाएकोमा बिरोध गरेका थिए ।
सहकारी ठगी सम्बन्धि पीडितहरू आन्दोलनमा रहेकै समयमा उच्च नैतिकताको आधारमा गृहमन्त्रीले राजनीमा दिनुपर्ने उनले माग गरेका थिए ।
अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको उच्च पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भन्ने पश्न सदनमा गरेका थिए ।
