तुलसीपुर, १२ जेठ । मुलुकमा संघीयता आए पनि केन्द्रका अधिकार गाउँसम्म आउन नसकेको गुनासो एक कार्यक्रममा वोल्ने वक्ताहरुले गरेका छन् । उनीहरुले जनताको आँगनमा रहेको वनमा जनताकै अधिकार स्थापित हुनुपर्ने कुरामा जोड दिएका थिए । पारिवारीक निजी वन संघ दाङ्गको आयोजनामा भएको प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार सम्वन्धि अन्तक्र्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले संघीय सरकारले अधिकार दिनमा कन्ज्युँस्याई गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारले वनलाई उद्यमका रुपमा विकास गर्नका लागि नीति तर्जुमा गरेको वताए । स्थानीय उत्पादन वृद्धि गर्नका लागि उपभोक्ताहरुले उद्यमशिलताको विकास गर्नुपर्न उनको भनाई थियो । समृद्धिका लागि उत्पादकको स्रोत माथिको अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए । ‘अधिकारसँगै हामीले के गर्ने भन्ने कुराको वारेमा पनि ध्यान दिनु आवश्यक छ ’ पाण्डेले भने । मुलुकको समृद्धिका लागि उद्यमशिलता पहिलो सर्त भएको उनको भनाई थियो । वनमाथि जनताको अधिकार स्थापित गर्नका लागि सबै लाग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वोल्दै पारिवारीक निजीका केन्द्रीय अध्यक्ष जोगराज गिरीले संघमा वनका अधिकार केन्द्रीत भएको भन्दै सबैले विरोधका आवाज उठाउनुपर्ने कुरामा जोड दिए । उनले स्थानीय वनको जिम्मा स्थानीय जनतालाई नै दिनुपर्ने उनको भनाई थियो । वनलाई उद्यमसँग जोडेर हरित रोजगार सृजना गर्नका लागि जनताले ध्यान दिनुपर्ने उनको भनाई थियो । ‘हाम्रो अधिकार खोसिएको छ भन्ने वारेमा हामी सबै चनाखो हुनुपर्ने उनको भनाई थियो । पारिवारीक निजी वनका प्रदेश नम्वर ५ का संयोजक मेघराज भुषालले संघीयतामा पनि जिल्ला वन हुनु निकै दुखपूर्ण कुरा भएको उनको भनाई थियो । ‘आफ्नै घरको कुरा प्रयोग र संरक्षण गर्न पनि केन्द्रको मुख ताक्नुपर्ने कुराको अन्त्य हुनुपर्छ’ उनले वताए ।
पदम केसीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन तुलसीपुरक अध्यक्ष चन्द्रवहादुर वली , जया पाण्डे लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण सचिव भिमार्जुन रेग्मीले गरेका थिए ।