दाङ, फागुन १२ । रोल्पामा श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।
रोल्पामा पनि मदिरा मातेका एक श्रीमानले श्रीमतिको हत्या गरेका छन् । जिल्लाको माडी गाउँपालिका – १ जयलखसेका ३२ बर्षीय भिमबहादुर बुढाले आफ्नी श्रीमति २८ बर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरि हत्या गरेका छन् ।
शुक्रबार दिउँसो ३ बजेतिर मदिराले मातेका भिमबहादुरले घरको आँगनमा श्रीमति मनकुमारीलाई घाँटीमा चक्कुले प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए ।
आरोपितलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ बर्षीय छोरा र ५ बर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार