तुलसीपुर, फागुन ८ । तुलसीपुरमा जारी महोत्सव आज समापन हुने भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले मेलाको म्याद नथपिने हुँदा समापन गरिने फरककोणलाई बताए ।
‘उद्योग बाणिज्य संघले लगाएको मेलाको म्याद थप्ने भन्ने कुरा हुँदैन,’ उनले भने ‘ समय थप गर्दा बजारका ब्यबसायी थप मर्काका पर्ने देखिन्छ ।’
तुलसीपुरमा माघ २४ गतेदेखि फागुन ८ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघले ब्यापारिक महोत्सव आयोजना गरेको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
