२०८३ भाद्र ११ गते बिहिवार

कपिलबस्तु बस दुर्घटना – मृतक दश जनाकै सनाखद


दाङ, फागुन ३ । कपिलवस्तुमा भएको रात्री बस दुर्घटनामा मृत्यु भएका दश जनाको सनाखद भएको छ ।


दुर्घटनामा परि कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिकाकी खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ का सुदिप भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


उक्त बस दुर्घटनामा परि पुर्नंबास नगरपालिका किसन भट्ट, सोही नगरपालिका वडा नम्बर ९ बिसफाटाका विमलादेवी भट्ट, रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।


महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै एक सय मिटर तल खोलामा खसेको डिएसपी वलीले बताए ।

दुर्घटनाका घाइते मध्ये ९ जनाको उपचार बुटवलमा भइ रहेको छ । त्यस्तै पाँच जनाको कपिलबस्तुस्थित आधारभुत अस्पतालमा उपचार भइरहेको छ भने थप ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।


३० जना घाइते मध्य अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका – १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *