२०८० फाल्गुन २० गते आइतवार

तापा गाउँको घर घरमा यसरी संभव भयो पानीको धारा लैजान

बंगलाचुली, माघ २८ । बंगलाचुली गाउँपालिका – ३ तापाको घर घरमा खाने पानीको धारा पगेको छ । यो तापा गाउँको लेकमा ४२ घर छन् । खानेपानी तथा बस्तु भाउलाई खुवाउने पानीका लागि बर्षौंदेखिको दुःख अन्त्य गर्न यहाँका स्थानीय संयुक्त रुपमा प्रण गरे ।


प्रति घर एक हजारका दरले रकम संकलन गरे । त्यसपछि यहाँका स्थानीय छिमेकबाट निर्वाचित गाउँपालिकका उपप्रमुख भक्त जिसीको दैलोमा पुगे । बर्षौंदेखिको सास्तिलाई अन्त्य गर्नका लागि भूमिका खेल्न आग्रह गरे । पानी तापा गाउँसम्म पु¥याउन लाग्ने खर्चको अनुमानित बजेटका बारेमा सामुहिक छलफल भयो । जसको नेतृत्व गरेका थिए स्थानीय शिवराज पाण्डेले । हाल उनै तापा खाने पानीको अध्यक्षपनि छन् ।


स्थानीय सरस्वती सामुदायिक वनबाटै घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योग र लमहीको सम्राट सिमेन्ट उद्योगले आवश्यक कच्चा पदार्थ चुन ढुँगा लैजाँदै आएका थिए । यही सामुदायिक वनको खोटो संकलन गरि ब्यापारिले बाहिर लैजान्छन् । पानी तापाको लेकमा पु¥याउन वन संग सहयोग माग्ने योजना बन्यो । उपाध्यक्ष जिसीले त्यसको लागि पहल गरे । पानी तापा गाउँमा पु¥याउन झन्डै २० देखि २२ लाखसम्म लाग्ने पूर्व अनुमान थियो ।

तर, बेसीको निक्लिनी पँधेरोसम्म बिजुली बत्ति थिएन । त्यहाँ कसरी बिजुली बत्ति पु¥याउने ? त्यहाँ बाट पानी लिफ्टिङ गर्न छुट्टै ट्रान्सफर्मर आवश्यक पथ्र्यौ । सुरुमा त्यो कसरी प्राप्त गर्न भन्ने चुनौति थियो । स्थानीय हार गुहार गर्दै बंगलाचुली – ३ का वडाध्यक्ष समक्ष पुगे । त्यो कुरा संभव नभएको भन्दै उनले स्थानीयलाई निरास पारी फर्काइदिए ।

छिमेकी गाउँको वडाबासी तथा गाउँपालिका उपाध्यक्ष जिसीको फेरि स्थानीय बिजुली ब्यबस्थापन गरि दिन आग्रहका साथ पुगे ।


जिसीले प्रयत्न गर्छु भन्दै आशाको संचार गरिदिए । खाने पानीका लागि स्थानीयले भोग्नु परेको दुःखका बारेमा उपाध्यक्ष घोराहीस्थित बिद्युत कार्यालयमा पुगेर प्रमुख संग नयाँ ट्रान्सफर्मर निशुल्क रुपमा उपलब्ध गराइदिनका लागि आग्रह गरे । कार्यालयले त्यो कुरा सहजै स्वीकार गरिदियो ।

पानी लिफ्टिङ गर्ने योजना अनुसार २५ केभिएको नयाँ ट्रान्सफर्मर असार अन्त्यतिर तापा गाउँमा पुगेको दिन स्थानीय दंग थिए । त्यसपछि वनले पानीको धारा घर घरमा पु¥याउन लाग्ने खर्च दिने सहमत भयो । बिद्युतले पोलपनि दियो । बिद्युतले बिद्युत तार बिस्तार र ट्रान्फर्मर जडान कार्य छिट्टै गरिदियो ।


त्यो बीचमा बर्षा सुरु भयो । बर्षा मत्थर भए संगै उत्साहित स्थानीयले निक्लिने पँधेरो हुँदै झन्डै पाँच सय मिटर उचाइका ४२ घरसम्म पाइप पु¥याउन युद्धस्तरमा काम गरे । फटाफट पाइज जाडन भयो । अब पानी तान्न आवश्यक मोटरको जरुरत थियो ।

उपाध्यक्ष जिसीकै पहलमा गाउँपालिकाले मोटर किन्न साढे दुई लाख बजेट उपलब्ध गरायो । वडा कार्यालयले त्यो बजेटले मोटर किनिदियो । स्थानीयले पानीको मिटर किन्नका लागि थप एक हजार दुई सय प्रति घर परिवारले उठाए । यति सबै काम फच्चे गरेपछि कात्र्तिक तेस्रो साता घर घरमा पानीको धारा पुगेपछि स्थानीय खुसीले नाचे ।

स्थानीयका अनुसार हाल बिहान आधा घन्टा जति मात्रै पानी धारामा आउँछ । र तैपनि उनीहरु खुसी छन् । ‘ पानी उति प्रयाप्त त हैन,’ गमला पुनले भनिन् ‘ तैपनि हाम्रा दुःखका दिन भने अन्त्य भएका छन् ।’
समयमै पानी थापे भात भान्सादेखि गाइ बस्तुलाई खुवाउने, नुहाउने र लुगा धुने पानी पुग्दै आएको उनले बताइन । हाल स्थानीयले धाराको पानी प्रयोग गरे बाफत मासिक पाँच सय रुपैंया तिर्दै आएको पनि बताएका छन् ।

यसबारे तापा टोल खाने पानीका अध्यक्ष शिवराज पाण्डेले कर्मचारीको तलब ब्यबस्थापन र बिजुलीको बिल तिर्नका लागि मासिक पाँच सय रुपैंया उठाउने गरिएको भएपनि भविश्यमा खर्च अनुसार मात्रै पानीको महशुल उठाइने बताए ।


‘ अहिले सम्म हाम्रो मिटर कति चढेको छ भनेर रिडिङ भइ सकेको छैन,’ उनले भने ‘ बिद्युतमा आग्रह गर्दै आएको छौं, त्यो रिडिङ पछि बिद्युतको मासिक खर्च कति आउने रहेछ भनेर एकिन हुने छ ।’
एक जना कर्मचारी राखिएको तथा बिद्युतको मासिक खर्च एकिन भइ सकेपछि सोही अनुरुप मात्रै महशुल उठाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *