२०८२ असार ९ गते मङ्गलवार

लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्य भित्रिदै : रामजी खाँड

तुलसीपुर,माघ २५ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताएका छ्न ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसंगति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने बताएका हुन ।

उनले भने, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ ।

साक्षात्कार कार्यक्रममा बोल्दै खाँडले नेपाली कला संगीत भित्र अराजकता भित्र्याउने हरुलाई सञ्चार माध्यमले महत्व दिएन भने आफै विलीन हुँदै जाने बताए ।

“विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आयको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ, उनले भने,पहिला हामीले कति दुःख गर्थ्यो तर अहिले हेर्नुहोस सामाजिक सञ्जाल हेरे पुग्छ । “

नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार संगले गरेको काम प्रति खुसी ब्यक्त गर्दै पहिलो पटक यसरी लोक सगित र कलाकारिताको विषयमा पत्रकार सग छलफल गर्न पाएकोमा खुसि ब्याक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सघका सल्लाहकार शरद रेग्मी गरेका थिए भने कार्यक्रमको सहजीकरण संघकि सचिव निरला अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *