२०८२ जेष्ठ ३० गते शुक्रवार

सीपापुरमा झुलुंगे पुल निर्माण सुरु

स्थानीय खुसी

दाङ, माघ २१ । दाङको बबई गाउँपालिका – २ सितापुरमा झोलुंगे पुल निर्माण सुरु भएको छ । पुल बन्न थालेपछि स्थानीय खुसी भएका छन्न ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश) ले आइतबार पुलको सिलन्यास गरेका हुन ।

घुरिनडाँडा–ठुलचौर जोड्ने गरि पुल निर्माण कार्य सुरु भएको हो ।

४६ लाख बजेटबाट उक्त झुलुङ्गे पुल निर्माण हुन थालेको हो । त्यो बजेट बिनियोजन गर्न मास्कीले पहल गरेका थिए ।

निर्माणको जिम्मा लिएको संस्थालाई समयमै पुल निर्माण कार्य पुरा गर्न मन्त्री मास्कीले आग्रह गरेका थिए ।
स्थानीयको आवात जावातमा सहजता ल्याउन पुल सहयोगी हुने आशा उनले ब्यक्त गरे ।

यो पुल बनेमा बर्षामा विद्यार्थीसमेत सहज रुपमा विद्यालय आवात जावत गर्न पाउने छन् ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *