२०८२ असार ५ गते शुक्रवार

ज्योतिपुञ्ज माविले मनायो २३औं बार्षिकोत्सव

घोराही, माघ १४ ।दाङ घोराहीको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २३ औं बार्षिकोत्सव मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको अध्यक्षता एंव घोराही उपमहानगरपालिका – १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र प्याब्सन दाङका सचिव आदिम केसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले पछिल्ला बर्षमा ज्योतिपुञ्जको शैक्षिक अभियानले शिक्षा क्षेत्रको बिकासमा योगदान पु¥याएको बताए । अभिभावक, विद्यालय र विद्यार्थीको समन्वयमा थालिएको शैक्षिक अभियान नै सफल हुने भन्दै उनले अव विद्यार्थीलाई शिक्षासँगै संस्कार र कुलतमा लाग्नबाट जोगाउनुपर्नेमा जोड दिए ।


कार्यक्रमका बिशिष्ट केसीले निजी विद्यालयले राज्यका सवै नीति नियम मान्दै शिक्षा क्षेत्र महत्वपूर्ण योगदान पू¥याएपनि राज्यले निजी विद्यालयलाई गर्ने ब्यवहार सम्मानजनक नभएको बताए ।


देशको शैक्षिक उपलब्धि र गुणस्तर कायम गर्न निजी विद्यालयको योगदान उत्कृष्ट रहेपनि यसलाई राज्यले बुझ्न नसकेको गुनासो गरे ।
विद्यालय ब्यवस्थपन समितिका सदस्य नारायणप्रसाद शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले विद्यालयको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।


कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माले संस्थाको आगामी दिनको योजनाबारे प्रकाश पारे ।


कार्यक्रममा विद्यार्थीहरु बन्दना पोख्रेल, साजस्वी ढकाल, मनोज आचार्य, सम्मानित अभिभावक तारा पौडेल, पत्रकार गोविन्द खड्का लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गरेका हुन ।

   कार्यक्रममा विद्यार्थीले योग प्रर्दशन, सचेतामूलक नाटक, तेक्वान्दो प्रदर्शनी, बिभिन्न गीत तथा नृत्य र शिक्षकको समूहगत नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीले विज्ञान र कला प्रर्दशनी पनि गरेका थिए । प्रर्दशनीमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *