२०८२ असार १ गते सोमवार

लुम्बिनीको राजधानीमा तीब्र रुपमा भइ रहेको भौतिक बिकास

देउखुरी, माघ ५ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यको देउखुरीमा तीब्र रुपमा भौतिक पूर्वाधार निर्माण भइ रहेका छन् ।

जस्ले गर्दा पछिल्लो समय राप्ती बहुप्राविधिक शिक्षालय परिसरमा व्यापक परिवर्तन देखिन थालेको छ। १६ बिघा क्षेत्रफलमा प्रदेश सरकारका भवनहरू धमाधम निर्माण भइ रहेका छन् ।

पहिलो चरणको कामअन्तर्गत भ्याटबाहेक तीन अर्ब नौ करोड २९ लाख रुपैयाँको लागतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन निर्माणको काम तीब्र गतिमा भइ रहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवन ६ तलाको निर्माण गर्न थालिएको छ । त्यस क्षेत्रमा सबै भन्दा ठूलो सरकारी संरचना यही हुने छ । त्यो संरचना अपांगताअनुकूलपनि हुने छ ।
भवनको भुइँतला करिब १३९० वर्ग मिटरको हुने छ भने त् यसमा भूमिगत पार्किङको सुविधा रहने छ । त्यसमा चार पांग्रे सवारी साधन १८ वटा र दुई पांग्रे २० वटा अटाउने छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँगै अन्य मन्त्रालयका नौ वटा भवन पनि निर्माणाधिन छन् । ती सबै भवन पाँच तलाका हुनेछन् । भवन अपांगताअनकूल र लिफ्टसहितका निर्माण गरिदै छन् । ती भवनमा भूमिगत पार्किङको सुविधा रहने छ ।

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका प्रमुख ईश्वरराज जोशीका अनुसार त्यसका साथै दोस्रो चरणमा संसदीय समिति र संसदीय दल लगायतका संरचनाहरु धमाधम निर्माण भइ रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मन्त्रालयहरूसम्म पुग्न फुटपाथसहित १२ मिटर चौडा सडक बनाइएको छ। करिब १६ बिघा जमिनमा ११ सय मिटर लामो बाटो बन्ने छ। मुख्य बाटोबाट मन्त्रालयसम्म पुग्न ५० मिटरदेखि सय मिटरसम्मको दूरीमा पर्ने छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नौवटा मन्त्रालय र अन्य पूर्वाधार निर्माणका लागि २०७९ मंसिर २८ गते ‘शर्मा÷सगुन जेभी, सीतापाइला, काठमाडौं’ सँग सम्झौता भएको थियो। निर्माण कम्पनीले सम्झौतालगत्तै पुस ३ गते काम सुरु गरेको थियो। २०८२ मंसिर २ गतेभित्र निर्माण कार्य पूरा हुने शर्त सम्झौतामा छ।

दोस्रो चरण अन्तर्गत प्रदेश सभा भवन नजिकै भ्याटबाहेक ४१ करोड ८८ लाख रुपैयाँको लागतमा संसदीय समितिको तीन तले भवन बन्दै छ। संगै पुस्तकालय भवन र चमेनागृह पनि बन्दैछ। चमेनागृह पनि तीन तलाको हुनेछ।

संसदीय दलका कार्यालय भवनहरू एक एक तलाका निर्माण गरिने छन् । तर, ती भवनहरु फरक फरक क्षमताका हुने छन् । ६० जना, ४० जना, ३० जना, २० जना र १० जना सांसद अट्ने क्षमताका निर्माण भइ रहेका छन् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *