दाङ, जेठ १६ ।
रोल्पाको थवाङमा भएको ट्याक्टर दुर्घटनामा परि चालक गम्भीर घाइते भएका छन् । जिल्लाको थवाङ गाउँपालिका – २ दोवानेका ट्याक्टर चालक ३१ बर्षीय सहेन्द्र रोका घाइते दुर्घटनामा परि घाइते भएका छन् । उनको छातिमा गम्भीर चोट पटक रहेको तथा केही करङहरु भाँचिएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरमा चालक सहित तीन जना सवार थिए । अन्य दुई जनाको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे ट्रयाक्टरमा सवार अन्य ब्यक्तिहरुले प्रहरीलाई सूचना दिएका थिए ।
शनिबार बिहान पौने २ बजेतिर रोकाले चलाएको लु ५ त २१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ बाटो बाट झन्डै ३० मिटर तल थबाङ खोलाको तटमा खसेको थियो ।
ट्रयाक्टर सहिद मार्गमा छेर्लावाङबाट थवाङ तर्फ जाँदै थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
