२०८० फाल्गुन १२ गते शनिवार

एक बालिकामाथि चार जना बालकलाई बलात्कार गर्न लगाउने उजुरी पछि कुमाल पक्राउ

तुलसीपुर, माघ ४ । जंगलमा सात बर्षीया बालिकामाथि चार जना बालकलाई बलात्कार गर्न लगाउने एक जना ब्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको राजपुर गाउँपालिका – ७ सिप्टाका ४३ बर्षीय सुकविर कुमालले मंगलबार दिउँसो स्थानीय जंगलमा बस्तु भाउ चराउन गएको समयमा सात बर्षीया एक बालिका माथि चार जना बालकलाई जबरजस्ती बलात्कार गर्न लगाएको उजुरीका आधारमा पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

उक्त अभियोगमा प्रहरीले राजपुर – ६ का १० बर्षीय दुई जना बालकलाई पनि नियन्त्रणमा लिएको भएपनि जिल्ला अदालतले बिहीबार ती दुई बालकका बिरुद्धमा थुनामा राख्न म्याद नदिएपछि आफन्तको जिम्मा लगाइएको मल्ले बताए ।


बुधबार प्रहरीले बलात्कारमा संलग्न चार बालकसहित मतियारका रुपमा रहेका कुमालसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको दिनै दुई जना बालकलाई आफन्तको जिम्मा लगाइएको थियो । थप दुई बालक र कुमाललाई जिल्ला अदालतले पक्राउ परेको दिन तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

बिहीबार भने दुई बालकको बिरुद्धमापनि म्याद नथप्न अदालतले आदेश दिएपछि दुई बालकपनि आफन्तको जिम्मा लगाइएको छ । तर, कुमालको बिरुद्ध फेरि बिहीबार पनि म्याद थप भएको छ ।


‘ कुमालले चार जना बालकलाई सात बर्षीया बालिकामाथि अनुचित कार्य गर्न लगाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी मल्लले भने ‘त्यसबारे थप अनुसन्धान जारी छ ।’

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *