२०८२ असार ६ गते शनिवार

कालीमाटीमा जग्गाको नाप नक्सा सुरु

शंकर केसी, सल्यान, माघ ३ । भूमिहीन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरण गर्न कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ ।

गाउँपालिकाले बुधबारदेखि वडा नम्बर २ को चिसातराबाट जग्गा नापजाँच कार्यको सुरुवात गरेको हो ।

स्थानीय सेवा केन्द्र रामपुरको आयोजनामा भएको भेलामा कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जग्गाको नाप नक्साको सुरुवात गरेका हुन ।

राष्ट्रिय भूमी आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजवाल, नापी कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय लगायत स्थानिय जनप्रतिनिधिको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य सुरु भएको हो ।

गाउँपालिका भर दुई हजार सात सय १७ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरेका छन् । पहिलो चरणमा कालिमाटी २ मा चार सय ४१ जनाको जग्गा नापजाँच हँुदैछ । त्यसपछि क्रमशः वडा नम्बर ३,४,५,१,६ र ७ मा नाप नक्साको कार्य गरिने भएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *