२०८२ असार ४ गते बिहिवार

दाङ बस दुर्घटना – १२ जना सबै मृतकको सनाखत

तुलसीपुर, पुस २८ । दाङ बस दुर्घटनामा परि मृत्यु भएका १२ जना सबैको शनिबार दिउँसो सनाखद भएको छ । थप २४ जना घाइते छन् । दुर्घटनामा एक महिला र ११ पुरुष गरि १२ जनाको मृत्यु भएको थियो ।


मृतक मध्य शनिबार दिउँसो चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ बर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका – ३ सिर्जनशिल टोलका २५ बर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका – ८ का २८ बर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ बर्षीय चेतराम सिल्पकारको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसअघि आठ जनाको सनाखद भइ सकेको थियो । जसमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेकै ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका थिए ।


बाँकेको नेपालगंजबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो ।
दुर्घटना पछि गम्भीर घाइते १२ जनालाई उद्धार गरि अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दिउँसो ३ बजेसम्म पाँच जनाको पोष्टमार्टम सकेर आफन्तले शब बुझेर लगेको प्रहरीले जानकारी दिएको छ ।
शवको पोष्टमार्टम दाङको लमही अस्पतालमा भइरहेको छ ।

घाइतेको बुटवल, दाङ र बाँकेका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । ती मध्य तीन जना भने उपचार पछि घर फर्किएका छन् ।

घाइते २४ जना मध्य १्३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना , सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिन भालुवाङ र प्रस्ताबित अस्पताल भालुवाङमा १ जना घाइतेकोे उपचार भइ रहेको जिल्ला प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।

बसमा कुल ६ महिला र १८ पुरुष गरि ३७ यात्रु सवार थिए । घाइते मध्य अझैंपनि ४ जनाको अवस्था गम्भीर रहेको , ११ जनाको अवस्था मध्यम र ९ जना सामान्ने घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।


चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ बर्षीय लालबहादुर नेपाली प्रहरी निन्त्रणमा छन् ।
बसको सापटले एकाएक काम नगर्दा चक्का नघुमेको हुँदा बस पुलबाट खसेको बयान चालकले प्रहरी समक्ष गरेको डिएसपी मल्लले बताए ।

तर, प्रहरीले भने तीब्र गतिको बस चालकले नियन्त्रण गर्न नसक्दा पुल बाट खसेको हुन सक्ने आशंका गर्दै आएको छ ।
चालक नेपालीले नजिकैको प्रहरी बिटमा गाडी नरोकी बस भगाएर लगेको डिउटीका ट्राफिक प्रहरीले बताएका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *