२०८० फाल्गुन २० गते आइतवार

जंगली जनावरको मासुसहित शिकारी पक्राउ

दाङ, पुस २६ । जंगली जनावरको मासुसहित एक जना शिकारी पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका – १ छोदापुरका ३२ बर्षीय दिपचन्द्र कोरीलाई ३ किलो २ सय ग्राम मृगको मासुसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जंगली जनावर मृगको बच्चाको टाउको, खुट्टा र मासुसहित कोरीलाई बुधबार दिउँसो ३ बजेतिर प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरी टोलीले घरबाट नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता तुल्सीराम अर्यालले पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको बताए ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *