तुलसीपुर, पुस १७ । अवरूद्ध भएको डेढ घन्टा पछि तुलसीपुर –घोराही सडकखण्ड दिउँसोदेखि सुचारु भएको छ ।
भएको सहमति बारे आँफुहरुलाई जानकारी नदिइएको भन्दै जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थी बिहान ११ बजेपछि फेरि सडकमा उत्रिएका थिए ।
शिक्षक, स्थानीय अभिभावक र प्रहरीसमेतले उनीहरुलाई संझाइ बुझाई गरेपछि सडक खण्ड खुलेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी जानकारी दिए ।
सोमबार अपराह्न विद्यालयबाट घर तर्फ गइ रहेका सोही बिद्यालयको कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।
त्यसपछि आक्रोसित विद्यार्थीले इलाका प्रहरी कार्यालय तुलसीपुरको भ्यान र बसमा तोडफोड गरेका थिए। संगै उनीहरुले सडक खण्डपनि अवरूद्ध पारेका थिए। पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो।