२०८३ भाद्र १२ गते शुक्रवार

दुधरासमा फेरि बिद्यार्थी सडकमा,सडक खण्ड अबरुद्ध

तुलसीपुर, पुस १७ । सोमबार राति भएको सहमति बारे आँफुहरुलाई अबगत नगराएको भन्दै दुधरासमा फेरि बिद्यार्थी सडकमा आएका छन ।

उनीहरुको अवरोधका कारण फेरि मंगलबार बिहान ११ बजेबाट तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध बन्न पुगेको छ ।

पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक खण्ड गए राति ११ बजेपछि खुलेको थियो ।

स्रोतका अनुसार बस धनिले मृतकका चौधरीका परिवारलाई बिमा बाफत पाउने पाँच लाखका साथै थप पाँच लाख रुपैंया दिने सहमति भएको थियो ।

सोमबार बेलुकी जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत ८ बर्षीय सागर चौधरीको भे १ ख ३६९७ नम्वरको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बसले बालक चौधरीलाई अगाडिको टायरले किचेको थियो ।

घटनापछि बिद्यार्थीले उक्त बस र घोराहीबाट थुनुवा लिएर आउँदै गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडीपनि तोडफोड गरेका थिए । उनीहरुले तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध पारेका थिए ।

भएको सहमति बारे आँफुहरुलाई जानकारी दिनुपर्ने माग गर्दै सडकमा उत्रिएका बिद्यार्थीलाई संझाउने प्रयास भइ रहेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *