२०८३ असार २८ गते आइतवार

नेपालगंजमा स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु, एकजना घाइते

दाङ, पुस १६ । बाँकेको नेपालगंजमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्की एक महिला घाइते छन् ।

नेपालगंज उपमहानगरपालिका – १८ कारकाँदोमा सु–प–प–०१००१ च ३४६४ नम्बरको स्कार्पियोले गएराति साढे १२ बजेतिर पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएकाको थियो ।

त्यो दुर्घटनाका घाइते मध्य नेपालगंज – १३ की २४ बर्षीया आश्था शाहको मृत्यु भएको छ । अर्का एक पुरुषको भने सनाखद हुन बाँकी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

दुर्घटना पछि उद्धार गरि उनीहरुलाई उपचारका लागि नेपालगंज मेडिकल कलेजमा लगिएको थियो । त्यही उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परि नेपालगंज – १३ की २५ बर्षीया साहाना शाह घाइते भएकी छन् । उनको सोही मेडिकल कलेजमा उपचार जारी छ ।


चालक कैलालीको लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकपनि सामान्ने घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।


तीब्र गतिमा गुडिरहेको स्कार्पियो टायर पड्कििएपछि दुर्घटनामा परेको हुन सक्ने प्रहरीको आशंका छ । दुर्घटनामा परेकाहरु अँग्रेजी नयाँ बर्ष मनाए फर्किरहेको हुन सक्ने प्रहरीले अुनमान गरेको छ ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *