२०८३ भाद्र १२ गते शुक्रवार

समाजबादी त्योगेर २६ जना एमाले फर्किए

दाङ, पुस १५ । सल्यानमा नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष, सचिवसहित २६ जना नेकपा एमालेमा फर्किएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका – १ का वडा कमिटी अध्यक्ष लेखबहादुर चन्द, सचिव मिना मल्ल लगाएत २६ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन ।  एमाले सल्यान जिल्ला कमिटी सचिव ओजबहादुर बुढाथोकी लगाएतका नेताहरुले शनिबार उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

एमाले छत्रेश्वरी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर खड्काले  यसअघि समाजवादीमा लागेका वडा कमिटी अध्यक्ष सबै २६ जना नेता कार्यकर्ता पुरानै पार्टीमा फर्कीएपछि समाजबादीको अस्तित्व नामेट भएको जिकिर गरे ।

पार्टीमा स्वागत गर्दै एमाले सल्यानका सचिव बुढाथोकीले पार्टीका सबै नेता कार्यकर्ताले उचित जिम्मेवारी पाउने आश्वासन दिएका थिए ।

सल्यान नेकपा समाजबादी भित्र प्रभावसाली मानिने मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला हो ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *