२०८३ भाद्र ११ गते बिहिवार

क्रिकेटर लामिछाने दोषी ठहर

काठमाडौं, पुस १३ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेका थिए । आइतबारदेखि सन्दीप बिरुद्धको मुद्दामा निरन्तर बहस चल्दै आएको थियो।
सन्दीपलाई कति जेल सजाय हुने भन्नेबारे निर्णय हुन भने बाँकी नै छ । अदालतले त्यसका लागि अर्कौ पेशी तोकेको छ।

नाबालिग बालिका पीडित ‘गौशाला २६’ ले गत वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर आँफुमाथि बलात्कार गरेको बताएकी थिइन । भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो । त्यसैका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो।

जति खेर सन्दीप खेलका लागि वेस्ट इन्डिज गएका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई निलम्बित गरेको थियो।

नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सर्तसहित रिहा गरेको थियो।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *