तुलसीपुर, पुस १३ । पश्चिम दाङमा रुखबाट लडेर एक जना बृद्ध घाइते भएका छन् ।
बबई गाउँपालिका – ३ घट्टेखोलाका ६५ बर्षीय टेकबहादुर खत्री आफ्नै बारीको लिपलिपेको रुखमा घाँस काट्न भनेर चढेको समयमा रुखबाट लडेर घाइते भएका थिए ।
उनी शुक्रबार दिउँसो ३ बजेतिर रुखबाट लड्दा बाँया खुट्टा र शरिरमा भित्री चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता नबचन्द्र मल्लले घाइते खत्रीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पतालका लागि रिफर गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार