तुलसीपुर,पुस ५ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुग्न लागेको बताएका छन ।
सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न लागेको उनको भनाई छ । उनले वार्षीक रुपमा ३० हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताए । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
“सबै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरुले पनि ९० प्रतिसत कलेज किनवेच गरि सकेका छन् जिम्मेवार पदमा बसेका नेताको व्यक्ति गत स्वार्थ निहितका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको छ ,उनले भने । ”
यस्तै उनले दाङको चारलेन सडक को अवस्था नाजुक बन्दा समेत यहाँका नेताहरु चुप लागेर बस्नु लाजमर्दो कुरा भएको तर्क गरे । उनले पहुँचको भरमा भन्दा पनि आवश्यकताको सिद्धान्तको हिसावले बजेट बाडँफाट गर्न सुझाव दिए ।
सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनीयोज गर्ने गरेको प्रती आपत्ती जनाउँदै अव दुरदराजका जनताले बाच्ँन पाउँने अधिकार पाउँनु पर्छ भन्ने अभियानमा आफु लागेको भन्दै यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले सरकारले जनताको शिक्षा र स्वास्थ्यमा विशेष चासो दिनुपर्छ भन्दै नागरीकहरुको जिवनशैली फेरीनुपर्ने भन्दै जिवनस्तर परिवर्तन हुने काम गर्नु सरकारलाई सुझाव दिए ।