२०८३ कार्तिक २१ गते शुक्रवार

सम्शेर थापा एशियाबेष्ट एडमिनिस्ट्रेटर अवार्ड बाट पुरस्कृत


तुलसीपुर,पुस २। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्यकार्यक्रम राप्ती तथा बहादुरगञ्जमा कार्यरत रहेका प्रमुख प्रशासक सम्शेर थापा डिसम्बर ३, २०२३ मावल्डरिर्सच काँग्रेस एशिया अवार्ड बाट भारतको तिरुचिरापल्ली, तामिलनाडुको व्रिजरेजिडेन्सी होटलमा आयोजित एक भब्य समारोह विचूएशिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२÷२३ बाट पुरस्कृत भएका छन ।

विगत दुई दशक भन्दा बढी समय देखि आँखा स्वास्थ्यकार्यक्रमको व्यवस्थापन गर्दे आउनु भएका थापा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको विकास र विस्तारमा अंहम भुमिका निर्वाह गर्दे आएका एक कुशलप्रशासक हुन ।

नेपाल नेत्र ज्योति संघ, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले साविक राप्ती अञ्चलमा अन्धोपन न्यूनीकरणको कार्यमा गरेको उत्कृष्ठ कार्य, तीन वटै अस्पतालहरुले हालसम्म पु¥याएको सेवाको विकास र विस्तारमा उहांले निर्वाह गरेको भुमिकाको मुल्याकंन गर्दै एशिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२/२३ प्रदान गरिएको थियो ।

करिव २६ भन्दा बढि विभिन्न राष्ट्रका सहभागीहरु रहेको भव्य कार्यक्रममा उनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

थापाको उत्कृष्ट प्रशासकिय भुमिकाले आँखा स्वास्थ्य कार्यक्रमको स्तरोन्नति र साविक राप्ती अंचललमा अन्धोपन घटाउनमा उनको भुमिका त्यतिकै रहेको छ ।

आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालीत आँखा अस्पतालले उनकै प्रशासकिय कार्यकुशलता तथा सवैको साथ र सहयोगबाट अस्पतालमा विशिष्टकृत सेवा सञ्चालन देखि एकाडेमीक क्षेत्रकोविकास र विस्तारले समेत गतिलिदै आएको छ ।

त्यसै विच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी उहांलाई सम्मान तथा हार्दिक बधाई कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गिरीले आँखा स्वास्थ्य सेवामा महत्पूर्ण योगदान पु¥याउने थापा उत्कृष्ट प्रशासकको रुपमा छनोट भई एशिया अवार्ड बाट पुरस्कृत हुन सफल भएको भन्दै यो सवैको गौरवको विषय भएको बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, कोषाध्यक्ष श्यामप्रकाश आचार्य,सहसचिव चिरञ्जीवि रिजाल, सदस्यहरु सुरेन्द्रबहादुर खड्का, प्रणव कुमार खड्का, राप्ती आँखा अस्पतालका मे.सु डा सन्तोष सुवेदी, कोर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, एकाडेमीक चिफ डा. सुरेश रसाइली,अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमलगायत नेत्र अधिकृत, दृष्टि विशेषज्ञ, नेत्रसहयाक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले थापालाई बधाई तथा शुभकामना दिएका थिए ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रमले पनि बधाई तथा दोशला ओढायर सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *