२०८३ असार २८ गते आइतवार

बिपीको शालिक तोडफोड


तुलसीपुर, मंसिर ३० । तुलसीपुरको (क) लाइनमा रहेको बिपी चोकमा तोडफोड भएको छ ।

केहि दिन अगाडी बिपीको सालिक रहेको स्थानमा तोडफोड भएको नेपाली काँग्रेस क्षेत्र नं. ३ ले जनाएको छ ।

क्षेत्रिय सभापति जगतबहादुर खड्काले आफुहरुले शुक्रवार मात्र सो कुरा थाहा पाएको जानकारी दिए ।

बिपीको सालिकमा कुनै क्षति नभएपनि त्यहाँ राखिएको दक्षिण तर्फको सिलालेखका साथै दक्षिण तर्फको भागमा केहि आम्सिक क्षति पु¥याएको खड्काले जानकारी दिए ।

बिपीको सालिक मुनि रहेको एउटा सिला लेख र चोकको वरपर केहि क्षति भएको छ । बिपी चोकमा कसले र किन तोडफोड ग¥यो भन्ने जानकारी भने अझै हुन सकेको छैन् ।

नेपाली काँग्रेसका नेता केशव आचार्यले वीपी चोकमा रहेको सिला लेख र अन्य ठाउँमा क्षति हुने गरि तोडफोड भएको भन्दै त्यसको छानविन गर्न माग गरे ।

‘बिपी चोकमा यसरी कसले र किन तोडफोड ग¥यो यो रहस्यमय छ यसको छानविन हुनुपर्छ – आचार्यले भने ।’

उनले बिपीको शालिक राखेको चोकमा तोडभोड हुनु दुःखद भएको बताए ।

त्यस्तै शुक्रवारकै उक्कीएको शिला लेख र अन्य क्षति भएको स्थान मर्मत गरेको सभापति खड्काले बताए ।

उनले यस्ता गलत गतिविधि गर्नेलाई छाविन गरि कारबाहीको माग समेत गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले भने यस घटनाको विषयमा खोजी र अनुसन्धान भई रहेको बताएको छ ।

डिएसपी ठाकुर प्रसाद पोख्रेलले कस्ले र किन तोडफोड गरेको भन्ने विषयमा जाचवुझ भई रहेको बताए ।

‘हामीहरुले सिसि क्यामेरा देखि अन्य कुराहरु खोजी गरि रहेका छौ –उनले भने ।’

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *