२०८३ भाद्र ११ गते बिहिवार

लमहीका जनप्रतिनिधिलाई कानूनी साक्षरता सम्बन्धि प्रशिक्षण


प्रिया स्मृती गजमेर,लमही,मंसिर ३० । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन दाङको आयोजनामा लमहीमा एक दिने नि:शुल्क कानूनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कानूनमा टेकेर काम गरे कानूनी झमेलमा नपर्ने बताए ।

कानूनले सिकाएका कुराहरुलाई आत्मसात गर्दै सेवा प्रवाह गरेको कुरामा प्रमुख चौधरीले जोड दिदै आगामी दिनमा कानूनका जानकारहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

हाम्रो पालिकाको न्यायीक समितिमा आएका बिवादलाई निष्पक्ष रुपमा हामीले समाधान गरेका छौं, न्यायीक समितिले न्याय दिएका धेरै पिडितसंग मैले बुझ्दा सकारात्मक प्रतिक्रिया दिनु हुन्छ त्यो प्रतिक्रियाले खुशी लाग्छ”- प्रमुख चौधरीले भने ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले न्यायीक समितिमा आउने विबादलाई सहजीकरण गर्न यो कार्यक्रमले मद्धत गर्ने बताए।

आफुहरु विशुद्ध राजनीति क्षेत्रबाट आएकोले कानूनी कुरा जानकारी नहुने र ती समस्यालाई समाधान गर्न कानूनी सल्लाहकारको सहयोगमा विबाद समाधान गर्दै आएको बताए ।

लमही नगरपालिका-३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले कार्य सम्पादनमा यो कार्यक्रमले सेवा प्रबाहमा सहज हुने बताए ।

एक दिने नि:शुल्क कानूनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले जनतालाई दिने सेवा प्रबाहमा आउने कानूनी जटिलताका बारेमा जानकारी गराइएको थियो ।

जनतालाई न्याय दिदै गर्दा आफुहरु कानूनी झमेला पर्ने कुरामा जनप्रतिनिधि सचेत हुनु पर्ने, कार्य सम्पादन गर्दा आउने कानूनी अप्ठ्यारोमा कानूनी सल्लाहकारको सहयोग लिएर अगाडी बढ्नु पर्ने कुरामा अधिवक्ताहरुले जोड दिए ।

वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले अनुचित लेनदेन र सजायका बारेमा प्रशिक्षण दिए ।

त्यस्तै अर्का वरिष्ठ अधिवक्ता दीपक कुमार रेग्मीले लिखत प्रमाणिकरण र कार्यविधि त्यस्तै अधिवक्ता रेशमराज गिरीले न्यायीक समितिको काम कर्तव्यका बारेमा प्रशिक्षण दिए ।

कार्यक्रममा सहभागी हुनु भएका जनप्रतिनिधिले राखेका कानून सम्बन्धि जिज्ञासाको जवाफ अधिवक्ताहरुले दिएका थिए ।

लमही नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव लगायतको सहभागिता रहेको थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन दाङका अध्यक्ष कुमारराज श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव नारायण प्रसाद डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *