
काठमाडौँ, बैशाख २७ । नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा यो वर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्न सफल भएकी छिन् । बिहीबार काठमाडौँमा भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपालको उपाधि जितेकी हुन् ।
‘हामि अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जित्न सफल भएकी हुन् । अब उनले मिस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउन पाउनेछिन् ।
अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । ‘मिस नेपाल २०१९’को अन्य विभिन्न टाइटलका विजेताहरुको नाम यसप्रकार रहेको छः
मिस नेपाल वर्ल्ड– अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल सुपर नेशनल– रोज लामा
मिस नेपाल अर्थ– रीया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति
मिस कन्फिडेन्स– निशा पाठक
ब्युटी विथ पर्पस– निकिता कर्माचार्य
मिस बेस्ट एथ्लेट्स– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रीया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
