२०८३ कार्तिक १४ गते शुक्रवार

सल्यानमा जिप दुर्घटना ३ जनाको मृत्यु, ७ जना घाइते

दाङ, कार्तिक १३ ।


सल्यानमा शुक्रबार बेलकी भएको जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । ७ नना घाइते छन् ।

जिप दुर्घटनामा परि जिल्लाको सिद्धकुमाख गाउँपालिका – २ की ४२ बर्षीया कृष्णी बस्नेत, ४५ बर्षीया सिता बिक र ४३ बर्षीय साउने रोकाको मृत्यु भएको हो ।जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले घाइतेहरुलाई सवा ८ बजेपछि जिल्ला अस्पताल खलंगा पुर्‍याउँदा चेकजाँच पछि तीनजनालाई चिकित्सकले मृत घोषणा गरेको बताए ।


जिप दुर्घटनामा परि सिद्ध कुमाख – २ का २४ बर्षीय देबबहादुर बिक, ५८ बर्षीया सुशिला चलाउने, १५ बर्षीय कमल बुढाथोकी, १३ बर्षीया राधिका चलाउने , २२ बर्षीय दिपक रोका, १० बर्षीय युवराज परियार र सिद्धकुमार – ३ की ७ बर्षीया बिमला बुढाथोकी घाइते भएका छन् ।
जिल्लाका प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार घाइते मध्य देबबहादुर बिक, सुशिला चलाउनेलाई दाङका लागि रिफर गरिएको छ । त्यस्तै कमला बुढाथोकी, बिमला बुढाथोकी र युवराज परियारलाई बाँकेको नेपालगंजका लागि रिफर गरिएको छ । अन्यको सल्यानमै उपचरा भइ रहेको छ । गाडीमा कुल ११ जना सवार मध्य चालकको अवस्था सामन्ने छ । चालक प्रहरी नियन्त्रणमा छन् ।


प्रहरीका अनुसार शुक्रबार बेलुकी साढे ६ बजेतिर श्रीनगरबाट भित्री कच्ची सडक खण्ड हुँदै सिद्ध कुमाख –२ टाकुरा गाँउ तर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप रातामाटे खोलाबाट झन्डै १५० मिटर मुनी खसेकोे थियो । चालकले पानी परेका कारण उकालोमा जिप चिफ्लिएर खस्न पुगेको बताएका छन् ।


दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रबार राति नै जिल्लाको बनगाड कुपिन्डे नगरपालिका – ११ मा अर्कौ एउटा जिप दुर्घटना भएको पनि प्रहरीले जनाएको छ । तर, यो दुर्घटनाका सबै घाइतेको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *