२०७७ कार्तिक ५ गते बुधवार

गगन थापा दाङ आउँदै


दाङ, वैशाख २२ । नेपाली काँग्रेसका नेता गगन थापा दाङ आउने भएका छन् । काँग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक उद्योगी व्यवासायी संघ तुलसीपुरको आयोजनामा पश्चिम दाङको श्रीगाउँमा वैशाख २८ गते आयोजना गरिएको बृहत सभालाई सम्वोधन गर्न थापा दाङ आउने भएका छन् ।

उक्त सभालाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दिपक गिरी र नेता थापालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा बृहत भेला आयोजना गरिएको हुँदा त्यसलाई सम्वोधन गर्न काँग्रेस केन्द्रीय सदस्य द्धय गिरी र थापा दाङ आउने कार्यक्रम तय गरिएको छ ।

उक्त दिन नेतासंगै कलाकारहरु पनि दाङ आउने प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका महासचिव झलक केसीले जानकारी दिए । यसैविषयमा आइतवार संघका उपाध्यक्ष तथा संघ समन्वय उपसमितिका संयोजक बलिराम केसीको अध्यक्षतामा वडा सभापतिहरु संग छलफल भएको छ । छलफलमा तुलसीपुर उपमहानगरपालिकाका साविक वडा सभापतिहरु सहभागिता रहेको थियो । कार्यक्रमलाई भव्य गराउन सम्पूर्ण नेता कार्यकर्ता,भातृ संघ संगठन, शुभेच्छुक, उद्योगी व्यवसायी, तथा कार्यकर्तालाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

छलफल कार्यक्रममा नगर सभापति भिमप्रसाद भण्डारी , वडा सभापतिहरु मदन धिताल, लेखकुमार कार्की, भरतराज लामिछाने, खेमलाल महतारा, शंकर खड्का, संघका अध्यक्ष जनकप्रसाद खराल, उपाध्यक्ष पूर्णप्रसाद धिताललगायतले कार्यक्रमलाई सफल पार्न सवैले आफनो क्षेत्रबाट सहयोग गर्ने बताएका थिए । २८ गते श्रीगाउँमा हुने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन नेपाली काँग्रेसका पदाधिकारी, कार्यसमिति सदस्य, सक्रिय सदस्य शुभेच्छुक एवं भातृ संघसंगठनका पदाधिकारीसवैमा अपिल गरिएको छ । संघका अध्यक्ष जनकप्रसाद खराल र महासचिव झलक केसीले त्यस्तो अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *