२०७७ कार्तिक ४ गते मङ्गलवार

‘ओली र प्रचण्डले कम्युनिष्ट नाम राखेर भ्रम पैदा गरिरहेका छन्’ – मोहन वैद्य

दाङ, वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले कम्युनिष्ट नाम राखेर भ्रम सृजना गरेको बताएका छन् । बुधवार दाङको टरिगाउँ एयरपोर्टमा रिपोटर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले भनेका थिए ‘उहाँहरुले कम्युनिष्ट भन्ने नाम नराख्या भए हुने थियो अलि भ्रम पर्ने भयो, उहाँहरु कम्युनिष्ट नै हैन।’

उनले नेपालमा दुई खालका कम्युनिष्ट धुर्वहरु रहेको उल्लेख गर्दै ओली र प्रचण्डले दक्षिण पन्थीको नेतृत्व गरेको आरोप लगाए । त्यसैले उनीहरुले कम्युनिष्ट एकताको कुरा गरेतापनि ओली र प्रचण्ड संगको एकता असंभव रहेको उनले स्पष्ट पारे । त्यस्तै अर्कौ धुर्व क्रान्तिकारी कम्युनिष्टहरु रहेको भन्दै त्यो समाजवाद हुँदै साम्मेवाद तिर जाने सच्चा कम्युनिष्ट भएको उनले जिकिर गरे । त्यस्ता कम्युनिष्ट संग भविस्यमा पार्टी एकताको प्रयास खुल्ला रहने उनले बताए ।

सरकारलाई विप्लवसंग तत्काल वार्ता गर्न सुझाव
फरक प्रशंगमा महासचिव वैद्यले सरकारले विप्लवसंग गम्भीर भएर वार्ता गर्न नचाहेको आरोप लगाएका छन् । विप्लवले वार्ताको कुरा गर्दै गर्दा सरकारले त्यसमा गम्भीरता नदेखाएर प्राचरबाजी मात्रै गरेको उनले बताए । अब तत्काल उत्पन्न समस्या समाधान गर्ने हो भने सरकार गम्भीर भएर वार्ता थाल्नु पर्ने उनको सुझाव छ ।

विप्लव राजनीतिक समुह भएको भन्दै उसमाथि प्रतिवन्ध लगाउनु गलत भएको वैद्यले बताए । विप्लव संग आफुहरुको राजनीतिक लाईनका रुपमा असहमति रहेको स्पष्ट पार्दै तरपनि उसमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णय एकदमै गलत भएको उनले टिप्पनी गरे । ‘दमन गरेर, याताना दिएर धर पकड गरेर समस्याको समाधान हुँदैन,’ वैद्यले भने ‘विप्लवमाथि प्रतिवन्ध लगाउनु संविधान विपरितको कार्य हो।’

उनले सरकारले नै अतेन्तै हाइलाईट गरेर विप्लवले फेरि सशस्त्र युद्ध गर्न थालेको भन्ने प्रचार बाजी आँफै सुरु गरेको बताए ।

राष्ट्रियताको सवालमा गम्भीर सवाल उठाइरहेका सिके राउत संग वार्ता गर्ने सरकारले विप्लव संग गम्भीर रुपमा वार्ताको प्रयास नगरेको उनले आरोप लगाए । वार्ताको कुरा विप्लवहरुले गर्दा सरकारले एउटा वार्ता समिति गठन गरेपनि गम्भीर रुपमा सरकार वर्तागर्न नलागेको उनको दोषारोपन थियो ।

उनले सिके राउतले उठाएको कुरा राष्ट्रियताको सवालमा गम्भीर सवाल हुँदाहुँदै सरकारले त्यसवारेमा जनतालाई समेत थाहाँ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । त्यस्तै उनले कैलाली टिकापुरको घटनालाई आन्दोलनको दौरानमा भएको असहज घटना भन्दै त्यसमा रेशम चौधरी लगाएत ११ जनाका विरुद्ध आजिवन कारवासको सजाय तोकेको प्रति असन्तुष्टि जनाए । सरकारले त्यसवारेमा सोच्नुपर्ने भन्दै त्यसो गर्न हुँदैन थियो भन्ने उनको मत छ ।

सरकारले जनजीविकाको सवालमा केही गर्न सकेन
हाल मुलुकमा कम्युनिष्ट सरकार रहेको भएपनि त्यो अनुरुपका गतिविधि सर्वसाधारण जनताले अनुभूति गर्न नपाएको उनले बताए । जनजीविकाको सवालमा कुनै काम सरकारले गर्न नसकेको, भ्रष्टचार व्याप्त बनेको, महंगी निर्मला पन्तका आफन्तले न्याय नपाएको भन्दै सरकारको अनुभूति सर्वसाधारण जनताले गर्न नपाएको उनको कथन थियो । राष्ट्रियता स्वाधिनताको रक्षा र जनजीविकाको सवालमा आफुहरु संग मिल्दा जुल्दा शक्तिहरु संग मिलेर कार्यगत एकता गर्दै संघर्षको तयारीमा जुट्ने महासचिव बैद्यले बताए । त्यस्तै उनले नागरिकता विद्येकको संशोधनको चर्कौ विरोध गरे । त्यसले क्रान्तिकारी शक्तिहरुलाई गिज्याइ रहेको हुँदा त्यसको विरोध गर्नु पर्ने धारणा राखे । महासविच बैद्यले नेकपाका महासचिव विष्णु पौडेले किनेको वालुवाटारको जग्गाको वारेमा राम्रो संग छानविन गरि दोषी उपर कारवाही गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *