दाङ, साउन १८ । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह बिहीबार विना सर्त कार्यालयमा फर्किएका छन् ।
वडामा छुट्याएको बजेट प्रति असुन्तुष्टि जनाउँदै शाहले असार १२ गते पदबाट राजीनामा दिएका थिए ।
वडाध्यक्ष शाहले आफ्नो वडामा मेयर नरुलाल चौधरीले झन्डै साढे दुई करोड थप बजेट नदिए सम्म कार्यालय नफर्किने जिकिर गरेका थिए ।
तर, झन्डै एक महिना एक हप्ता पछि वडाध्यक्ष शाहको मागको कुनै सुनुवाइ मेयर चौधरीले नगरेपनि विना सर्त कार्यालय फर्किएको उपमेयर हुमाकुमारी डिसीले जानकारी दिइन ।
शाह नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन । घोराहीमा मेयर, उपमेयरदेखि बहुमत वडाध्यक्ष एमालेले जितेको छ ।
घोराहीले असार १० गते ल्याएको आर्थिक वर्षको बजेटमा नगरका सबै १९ वडा मध्य हरेकका लागि ८० लाख बजेट विनियोजित गरिएको थियो।
अघिल्लो वर्ष पनि शाहले पदबाट राजीनामा बुझाएको भएपनि केही समयको अन्तरालमा यसैगरि कार्यालय फर्किएको उपमेयर डिसीले बताइन ।
यो पनि हेर्नुस् : बजेटमा असन्तुष्टि जनाउँदै घोराहीका एक वडाध्यक्षले दिए राजिनामा