घोराही,असार १२ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितेन्द्र शाहले अध्यक्ष पदबाट राजिनामा दिएका छन ।
बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष जितेन्द्र शाहले आज पदबाट राजिनामा दिएका हुन ।
एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा चलिरहदा बाहिरिएका हुन ।
पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसंग चर्को असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहाल्दीएपछि उनि पदमा बस्नु भन्दा राजिनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए ।
उनले यसअघिको बजेट ल्याउदा पनि फेसबुकमा राजिनामा दिने घोषणा गरेपनी अन्तिममा दिएका थिएनन् ।
उनले टोलबासी सबैलाई बोलाएर आफुले बजेट हाल्न नसकेको भन्दै राजिनामा दिनका लागि सुझाब सल्लाह लिएका थिए । उनले आफुले आउने मेयरको तयारी गर्ने पनि बताए ।