२०८२ माघ ८ गते बिहिवार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं,साउन १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधका कारण सूचना सोमबार टाँसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ।

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने तय भएको बैठक आज पनि बस्ने/नबस्नेमा शंका छ।

विमानस्थल सय केजी सुन प्रकरणप‍‍छि निरन्तर संसद् अवरोध गरिरहेको एमालेले यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राखेको छ।

हिजाे संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए।

सभामुख घिमिरेले दलहरूका प्रमुख सचेतक तहमा पनि छलफल गरेका थिए। तर सहमति भने जुट्न सकेन।

एमालेले उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदा सत्तापक्ष भने अहिले सरकारकै छानबिनलाई पारदर्शी बनाएर जानुपर्ने पक्षमा उभिएको छ।

संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबारसम्मको समय मागेको बताएका थिए।

हिजो बिहान संसद् खुलाउने विषयमै छलफल गर्नका लागि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। तर पनि दिउँसो एमालेले संसद् अवरोध गरेपछि उक्त छलफल सकारात्मक नभएको बुझिएको छ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *