राजेश खत्री,
दाङ, वैशाख २ । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले नेपाली चलचित्रमा कथा र प कथा निकै कमजोर रहेको बताएका छन् ।
सोमवार दाङको घोराहीमा चलचित्र दाल भात तरकारीको प्रमोशनका लागि आएका आचार्यले चलचित्र प्रविधिमा अब्बल भएपनि कथा, पटकथामा निकै कमजोर भएको हुँदा नेपाली चलचित्र नचलेको तर्क गरे । तर उनले मह जोडिले बनाएको चलचित्रले कसैलाई धोका नदिने भन्दै एक पटक हेरिदिन आग्रह गरे ।
चलचित्र पत्रकार संघ दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता किरण केसीले चलचित्रमा दुई करोड बढी लगानी गरेको जानकारी दिए । ‘हामीले मेहनत गरेका छौं, गीतमा राम्रो प्रतिक्रिया आइरहेको छ,’ केसीले भने ‘ मौलिक कथा बस्तु छ एक पटक हेरेर साथ दिनुहोला।’
चलचित्रका नायक पुष्प खड्का र नायिका आँचल शर्माले पनि चलचित्रमा मौलिक कथा बस्तु भएको र आफुहरुले पनि मेहन गरेको हुँदा चलचित्र राम्रो बनेको बताएका थिए । कार्यक्रममा कलाकारहरु जुनु रिजाल, शिवहरी पौडेल,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन,निर्माता मुनाल घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम पत्रकार आरके शितलले स्वागत मन्तव्य बाट सुरु भएको थियो भने सहजीकरण संघका सचिव सन्तोष केसीले गरेका थिए ।