२०८३ बैशाख १२ गते शनिवार

बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश महिला तथा पुरुष रग्बीको च्याम्पियन


लक्ष्मण बस्नेत,तुलसीपुर,जेठ २८ । बर्दिया जिल्ला लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुन्डि रंगशालामा आज सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२/१२ अंकका साथ शिर्ष स्थानमा रहदै च्याम्पियन भएको हो ।

महिला र पुरुष टिम नै च्याम्पियन भएको बर्दियाले नगद ५० हजार,कप तथा मेडल प्रमाणपत्र हात पार्‍यो ।

लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिम संग ४/ ४ अंकले पछाडी परेको बाके जिल्ला उपबिजेता भयो ।त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतिय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए ।

दुईदिन सम्म संचालन भएको प्रतियोगितामा दाङ, बाके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश रग्वी संघका अध्यक्ष नवीन थापाको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १७ का अध्यक्ष थलराज पुरिको प्रमुख आतिथ्य एवं नेपाल रग्वी डेभलपमेन्ट कमिटी मेम्बर ताईसुके मियायोको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी,विशिष्ट अतिथीको हात बाट पुरस्कार प्रदान गरिएको थियो भने आयोजकले प्रतियोगिता भब्य एवं सभ्य रुपले सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

कार्यक्रमको संचालन खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *