२०८३ बैशाख ११ गते शुक्रवार

नेसंवि बेलझुण्डीमा जेठ ३१ गते पाँचौ दिक्षान्त समारोह हुदैँ

तुलसीपुर,जेठ २६ । नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीमा पाँचौ दिक्षान्त समारोह हुदैं छ ।

विगत १२ वर्ष देखि विविध कारणले रोकिएको दिक्षान्त समारोह यहि जेठ ३१ गते हुने लागेको विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।


समारोहमा १० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा सास्त्री र बि.एम.एस उतिर्ण गरेका ४ हजार ७ सय ७३ मध्य निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षीत हुन लागेको शिक्षाध्यक्ष प्राध्यापक डा.भीम खतिवडाले जानकारी दिए ।

उनका अनुसार विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उतिर्ण १४५ जना, शास्त्री तह उतिर्ण १६३, आयुर्वेद स्नातक उतिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उतिर्ण गरेका ९० जना दीक्षीत हुने छन ।

उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा गरिने कार्यक्रम तय गरिएको डा. खतिवडाले जानकारी दिए ।


नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. यादव प्रकाश लामीछानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको विषय वस्तुमाथि कुलसचिव माधव अधिकारीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण उपप्रशासक प्रदिप गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *