२०८३ बैशाख १२ गते शनिवार

ब्याडमिन्टन प्रतियोगिता पाण्डे र ज्ञवालीको टिम विजयी

देउखुरी, जेष्ठ १६ । १६औं गणतन्त्र दिवसको अवसरमा सिसहनियामा आयजित ब्याडमिन्टन प्रतियोगिताको समापन गरिएको छ ।

युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बंैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रतियागिता जितेका हुन ।

लागुपदार्थ त्यागौ खेलकुदमा लागौं, स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ गणतन्त्र दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा भागवत ज्ञवालीको टिम द्धितिय र तिर्थराज ज्ञवाली र सुनिल चौधरीको टिमले तृतिय स्थान प्राप्त गरे ।

शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिएकोे ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाण पत्र तथा ड्रेस सेट प्रदान गरिएको थियो ।

युग सिसहनियाका अध्यक्ष किशोरकुमार शर्मा रेग्मीको अध्यक्षता र सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथित्यतामा प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *