२०८१ बैशाख २३ गते आइतवार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तुलसीपुर,बैशाख २९ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१४ मा रहेको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र बस चालकलाई नियन्त्रणमा लिइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *