२०८३ असार २७ गते शनिवार

जेष्ठ नागरिक समाजका सम्पत्ति हुन – टीकाराम खड्का

तुलसीपुर, बैशाख २२ । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको सम्मानका लागि स्थानीय सरकार प्रतिवद्व रहेको बताएका छन् ।

जेष्ठ नागरिक समाज तुलसीपुरको १८ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख खड्काले जेष्ठ नागरिक समाजको सम्पत्ति भएको भन्दै आफूले सधै मार्गदशर्कको रूपमा लिएको चर्चा गरे ।


जेष्ठ नागरिकको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै प्रमुख खड्काले जेष्ठ नागरिकको सम्मानका लागि आफू प्रतिवद्व रहेको बताएका थिए ।

जेष्ठ नागरिकका हरेक समस्याका समाधान गर्न स्थानीय सरकार दृढका साथ लाग्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *