तुलसीपुर, बैशाख २१ । ज्ञानज्योति एजुकेशन फाउन्डेसनद्धारा संचालित संस्कार पाठशाला र क्याम्ब्रिज बिश्वविद्यालयका बीचमा सजिलो अंग्रेजी माध्यमबाट बालबालिका पढाउन गरि समझदारी भएको छ ।
क्याम्ब्रिज एसोसियसन इङलिस र संस्कार पाठाले बिहीबार तुलसीपुरमा एक संयुक्त कार्याशालाको आयोजना गरि सजिलो गरि अंग्रेजी पढाउने बारेमा संयुक्त कार्यक्रम गरेका हुन । अब यो बर्षदेखि संस्कार पाठाशालाले आफ्ना बालबालिकालाई क्याम्ब्रिजकै नीति अनुरुप पठन पाठन सुरु गर्ने भएको छ ।
फाउन्डेसनका सिइओ सुरेन्द्रबहादुर जिसीले बालबालिकालाई प्राकृतिक वातावरणमा अंग्रेजी पढाउन सजिलोहोस भन्नका लागि क्याम्ब्रिज बिश्वविद्यालय संग सहकार्य गरिएको फरककोणलाई जानकारी दिए ।
बालबालिकालाई दबाब सृजना गरेर, हप्काएर पढाउने परम्परागत बिधि भन्दा खेल्दै र प्राकृतिक रुपमा पढाउन सकिने शैलिको अनुशरण गर्न सहज होस भन्ने उदेश्यले सजिलो गरि अंग्रेजी सिकाउन खोजिएको उनले बताए । अब संस्कारका हरेक बार्षिक परीक्षाहरु क्याम्ब्रिजकै प्रतिनिधिहरु आएर गराउने छन् । 
उनीहरुले तयार पारेको प्रश्नपत्रमा आएर परीक्षा संचालन गरि बिद्यार्थीको क्षमताको मुल्याङकन गर्ने छन् । जिल्लामा क्याम्ब्रिज बिश्व विद्यालयको पाठ्यक्रम लागु गर्ने ज्ञाज्योति नै पहिलो बिद्यालय बनेको संचालकको दाबी रहेको छ ।
ज्ञानज्योति एजुकेशन फाउन्डेसन फाउन्डर टिकाबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् नारायण सिङ् गुरुङ,तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मानबहादुर खड्का, आइसिसि ग्लोबल क्वालिफिकेशनका फाउन्डर डाक्टर रोसन राठि लगाएतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण संस्कार पाठाशालाका शिक्षक बलदेव पोख्रेलले गरेका थिए ।
