२०८३ बैशाख १२ गते शनिवार

सिनिरमा किड्स र जुनियरमा सिटि युथ बिजयी


लक्ष्मण बस्नेत, वैशाख १६। ग्रासरुट मैत्रीपुर्ण आमन्त्रित फुटसल प्रतियोगिता २०८० आज बाकेको कोहलपुरमा सम्पन्न भएको छ ।

सिटि युथ एकेडेमी क्लब कोहलपुर बाकेको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगिताको सिनियर तर्फ
किड्स फुटबल एकेडेमी तुलसिपुर दाङ बिजयी भएको छ ।

सिटि युथ क्लब कोहलपुर बाकेको सिनियर टिमलाई ७ का विरुद्ध १३ गोल अन्तरले पराजित गर्दै किड्स फुटबल एकेडेमी तुलसिपुर बिजयी भएको हो ।

त्यस्तै जुनियर तर्फ सिटि युथ एकेडेमी क्लब कोहलपुर बाके बिजयी भयो । किड्स फुटबल एकेडेमी तुलसिपुरको जुनिएर टिम लाई ५ का विरुद्ध ६ गोलले पराजित गर्दै सिटि युथ एकेडेमीको जुनियर टिम बिजयी भएको हो ।

दुई जिल्लाका खेलाडीमा आपसी चिनजान, मित्रता,सद्भाव र खेलकौसलमा सकारात्मक प्रभाव कायम राख्न प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ८ देखि १४ वर्ष मुनि उमेर समुहमा नियमित अभ्यासरत खेलाडिहरुको सहभागिता रहेको थियो ।

सिटि युथ एकेडेमी क्लब कोहलपुरका अध्यक्ष युवराज शाहीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज शाहीको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल,निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित श्रेष्ठ,अखिल नेपाल फुटबल संघ एन्फा दाङका प्रशिक्षक दुर्गाराज लवट लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *