लक्ष्मण बस्नेत,तुलसीपुर,चैत २७ । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा शंकर घिमिरे चयन भएका छ्न ।
नेपाल गोजुरियो कराते संघ लुम्बिनी प्रदेशको आईतवार सम्पन्न प्रथम अधिवेशनले घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा निशाना रोकामगर,सचिब तारा बहादुर वलि,कोषाध्यक्ष तेज बिक्रम वलि हुनुहुन्छ । त्यसैगरी संघको सदस्यमा एमेसन चौधरी,सत्य देब थापा,अस्मिता बोगटी,सरोज थापा,पुजा राना रहेका छ्न ।
अधिवेशनको उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव, प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासघका सचिब बि आर मित्रको अध्यक्षता तथा लुम्बिनि प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो अबसरमा नेपाल कराते महासघका वरिष्ठ उपाध्यक्ष हरिशरण के सि, श्याम शेर्पा,पवन पौडेल लगाएको उपस्थिति रहेको थियो।
तेज बिक्रम वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कराते प्रशिक्षक केशब बिकले गरेका थिए ।