२०८२ असार १ गते सोमवार

दाङ उबासंघको स्थापना दिबसमा व्यावसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता

दाङ,फागुन १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको व्यावसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता सुरु गरिएको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरिएको हो । शनिवार व्यावसायीहरु विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको हो ।

विहान भएको खेलमा राप्ती अटो इन्जीनियरीङ एशोसियसन शुन्यका विरुद्ध ६ गोलले विजयी भएको थियो ।

दाङ जिल्ला फाटो ग्राफ एशोसियसन र राप्ती अटो इन्जीनियरीङ एशोसियसन विच भएको थियो । दिउसो भएको पहिलो खेलमा शुन्यका विरुद्ध ५ गोलले रेडिमेट फेन्सी व्यवसायी समिती विजयी भएको थियो ।

पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र गल्ला किराना व्यावसायी विच भएको थियो । दोस्रो खेलमा शुन्यका विरुद्ध २ गोलले मोवाइल तथा इलेक्टोनिक व्यावसायी समिती विजयी भएको थियो ।

दोस्रो खेल मोवाइल तथा इलेक्टोनिक व्यावसायी र सुन चाँदी व्यावसायीहरु विच भएको फुटवल प्रतियोगीता समितीका संयोजक माधव खनालले जानकारी दिए । प्रतियोगीतामा प्राविधिक सहयोग रिपुमर्दन गण घोराहीले गरेको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले खेलले व्यावसायीहरु विच परिचयात्मक, आपसी सहयोग आदान प्रदान गर्न सहयोग पुग्ने बताए ।

‘हामीले व्यावसायीहरु विच आफसमा चिनजान, रमाइलोका लागि प्रतियोगीता आयोजना गरेका हौ’ उनले भने । खेलले मानिसलाइ स्वस्थ राख्न समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । संघले स्थापना दिवसको अवसरमा रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगीता आयोजना गरेको छ ।

संघले आफनो ५२ स्थापना दिवस यही आउदो चैत ९ गते र ११ गते साधारण सभा गर्न थालेको छ । संघको स्थापना २०२७ सालमा भएको हो । संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु आयोजना गरि मनाउने गरेको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *